धनगढी: कञ्चनपुरका एक वडाध्यक्षको क्यासिनोसँग कनेक्सन देखिएको छ। भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाको क्यासिनोसँग कनेक्सन देखिएको हो।
हालै कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको वडा नम्बर ६ मा नयाँ क्यासिनो खुलेको छ। नयाँ खुलेको त्यहीँ होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोसँग थापाको कनेक्सन देखिएको हो।
उसो त वडाध्यक्ष थापा पनि पूर्व जुवाडे नै हुन्। उनी वडाध्यक्ष निर्वाचित भएपछि पनि जुवाखालबाट पक्राउ परेका थिए। त्यसपछि उनी धरौटीमा छुटेका थिए।
अहिले तिनै वडाध्यक्षको क्यासिनोसँग कनेक्सन फेला परेको हो। क्यासिनो भनेको जुवा खेल्ने खेलाउने अड्डा हो।
केही दिन अगाडि मात्रै वडाध्यक्ष थापाले सोही क्यासिनोको लागि पार्किङ बनाउन सरकारी सम्पत्ति दुरुपयोग हुनेगरी कार्य गरेको पाइएको थियो।
थापाले नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि लगेको गएको बताइएको थियो। थापाले सरकारी टिप्पर लगेर भीमदत्त नगरपालिका ११ गड्डाचौकी ७ नम्बर पिल्लर नजिकै क्यसिनोको पार्किङ बनाउन लगाएका थिए।
सोही विषयलाई लिएर उनी विवादमा समेत तानिएका थिए। उनले नगरपालिकाले नै टिप्पर दिएको भनेपनी उनलाई आफैंले लगेर सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोप लागेको थियो।
र, यो पनि: कञ्चनपुरमा क्यासिनोको पार्किङ बनाउन सरकारी सम्पत्ति दुरुपयोग