धनगढीः कैलालीको धनगढीमा पछिल्लो समय गैरकानुनी गतिविधि बढ्दै गैरहेको छ। एक महिनाको अवधिमा मात्र संकास्दप वस्तु राख्नेदेखि कुटपिटसम्मका घटना घटेका छन्।
केही समय अगाडि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा संकास्पद वस्तु फेला परेकोमा हिजो मध्यराति धनगढीको मिलनचोकमा २ युवक कुटिएका छन्।
उनीहरूमाथि एक समूहले आक्रमण गरेको बताइएको छ। कुटाई खाने इन्धन बोक्ने ट्याङ्करका चालक र सह–चालकहरु हुन्।
उनीहरूमाथि धारिलो हतियार (खुँडा) प्रहार गरिएको बुझिएको छ।
हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवा भएका घाइते छन्। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका ट्यांकर पार्किङको विषयमा दुई पक्षबिच विवाद हुँदा आक्रमण र तोडफोड भएको थियो। आक्रमणबाट ट्यांकरको अघिल्लो भागको सिसा फुटेको छ।
रातिको समयमा इन्धन ढुवानी गर्ने ट्याङ्कर भित्र सुतिरहेको अवस्थामा हातहतियारसहितका युवाहरूले देउवाद्वयलाई आक्रमण गरेका थिए।