काठमाडौं: नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद प्रेमबहादुर आले भारतको राजधानी नयाँ दिल्ली गएका छन्। उनी व्यापारिक काम भन्दै दिल्ली उडेको बताइएको छ।
उनी सोमबार भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट उडेको बताइएको छ।
गत असारमा सम्पन्न समाजवादीको महाधिवेशनमा पनि आले अनुपस्थित भएर दिल्ली गएका थिए। सुदूरपश्चिमको डोटीबाट निर्वाचित सांसद आले पार्टी संगठन बाहिर छन्।
उनै आले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार समितिका सदस्य लक्ष्मी पुरी र विकास स्वरुप उडेको उडानमार्फत दिल्ली गएका हुन्।
Facebook Comments Box