काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने उनले बताए।
भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने सहमति भएको थियो।
Facebook Comments Box