काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशसरण महत धनगढीबाट काठमाडौं फर्किएका छन्।
हिजो धनगढी हुँदै डडेल्धुरा पुगेका महत र आज पार्टीको कार्यक्रममा सहभागी भएका रवि एकसाथ काठमाडौं फर्किएका हुन्। उनीहरू बेलुका एकसाथ राजधानी फर्किएको बताइएको छ।
यसैक्रममा नेपाल प्रहरीका एआईजी सुदीप गिरी सुदूरपश्चिम पुगेका छन्। उनी आज बेलुका धनगढी ओर्लिएको बताइएको छ।
स्रोतका अनुसार गिरी प्रहरीको आन्तरिक निरीक्षण एवं अनुगमनका लागि त्यहाँ पुगेका हुन्।
Facebook Comments Box