धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन्।
सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो।
उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्।
चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्।
कच्ची सडकमा दुर्घटना भएको जीप सडकबाट २० मिटर तल खसेको बुझिएको छ।
Facebook Comments Box