काठमाडौं: कमेडीमा ‘इकु’ को नामले परिचित कलाकार सुलेमान शंकर ठगी आरोपमा पक्राउ परेका छन्। कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको छ।
उनलाई हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए।
‘उनलाई हिजो बूढानीलकण्ठबाट पक्राउ गरिएको छ। कलाकार भिसामा विदेश पठाइदिन्छु भनेर ठगेको आरोपमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’,उनले भने।
गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको हो।
Facebook Comments Box