धनगढी: कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालयको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेका छन्।
पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा आधा किलो भन्दा बढि सात सय ४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। अहिले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
Facebook Comments Box