धनगढी: सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन्। बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दुई ठाउँमा पहिरो खसेको र पन्छाउने कार्य जारी रहेको जनाएको छ।
यस्तै डडेल्धुरादेखि डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ। डडेल्धुराको रडुवामा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
Facebook Comments Box