काठमाडौँ: सर्वोच्च फुलकोर्टको बैठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत १५९ जनाको नाम पनि सार्वजनिक गरेको छ।
वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।
Facebook Comments Box