काठमाडौँ: अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै बसेका खबरहरू आइरहेका छन्।
नेपाल प्रहरीका अनुसार उपत्यकामै चार वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेका छन्। यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्। सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन्।
Facebook Comments Box