काठमाडौंः दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ।
सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ।
Facebook Comments Box