बैतडी: बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ।
शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा पासो चुँडालेर हिजो दिउँसो भागेको छ।
चितुवाको बाँया खुट्टा पासोमा परेको परेको थियो। चितुवाको उद्धार गर्ने टोली आइनपुग्दै चितुवा पासो चुँडालेर भागेको हो। पासोमा परेको चितुवा भागेपछि स्थानीयहरु त्रसित भएका छन्।
Facebook Comments Box