धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षका लागि डेबिड खड्का (दिपेश) ले पनि उम्मेदवारी रहेको जनाएका छन्। यस अगाडि जिल्ला कमिटीको उपाध्यक्ष रहेका खड्काले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्।
हिजो (आइतबार) बाट कैलालीको टीकापुरमा युवा संघको १० औं अधिवेशन जारी छ। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ।
अध्यक्षका लागि खड्काबाहेक अन्यले पनि इच्छा जाहेर गरेका छन्। तर फुटबलका प्रसिद्ध खेलाडी, प्रशिक्षक तथा एमालेका पुराना युवा नेतासमेत रहेका खड्काको दाबेदारीलाई भने चासोका साथ लिइएको छ।
युवामाझ लोकप्रिय खड्का खेल तथा एमालेको राजनीतिमा सक्रिय छन्। उनी धनगढीका व्यवसायीसमेत हुन्।
Facebook Comments Box