धनगढी: कैलालीमा सुरक्षा निकायको संयुक्त अभ्यास कार्यक्रम गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियामा संयुक्त रुपमा विपद्जन्य घटना सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो।
सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा गरिएको हो। जसमा भूकम्प र सवारी दुर्घटना सम्बन्धीको कृत्रिम अभ्यास गरिएको थियो।
सो कार्यक्रम ह्याविट्याट फर ह्युमेनिटि नेपाल कैलालीको सहयोगमा आयोजना गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा विपद् तथा उद्धारको नमूना प्रस्तुत गरेका थिए।
उद्धारबारे जानकारी तथा विपद्पछि सुरक्षा निकायले गर्ने उद्धार प्रक्रियाको तैनाथीका लागि सो कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धम्र्रेन्द्र कुमार मिश्रले विपद् आकस्मिक रुपमा आउने भएकाले त्यस्तो अवस्थामा सुरक्षा निकाय अलर्ट रहनुपर्ने र रहेको बताए।
‘आपत्कालीन अवस्थामा आउने विपद्का लागि हामी सुरक्षा निकायहरु, जिल्ला सुरक्षा समिति सदैभ तैनाथ अवस्थामा रहनुपर्छ। सधै सतर्क अवस्थामा रहनुपर्छ’, उनले भने, ‘यसको मुल उद्देश्य जनताको जिउधनको रक्षा गर्ने, आफ्नो कतव्य इमान्दारिताका साथ पालना गर्ने हो।’
उनले वास्तविक रुपमा कुनै प्रकारको विपदको घटना घटिहाले कुनै पनि प्रकारको कमी कमजोरी नहोस, त्रुटी नहोस् भनेर विपद् अभ्यास कार्यक्रम गरेको बताए। विपद् अभ्यास कार्यक्रम गोदावरी नगरपालिका– २ तेघरीमा रहेको सिद्धार्थ हार्डवेयरको प्राङ्गणमा गरिएको थियो।