बाजुरा– बाजुराका ९ वटै पालिकामा निर्वाचन सामग्री र मतदान अधिकृत पुगेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताए । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाइएका छन् ।
निर्वाचनका लागि बाजुरामा ७० वटा मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा मतादन साम्रगीसहित कर्मचारी पुर्याइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मत पेटिका तथा मतदान कार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ गाउँमा पुगिसका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकामा गरेर जम्मा ८२ हजार ६ सय ९० मतदाता छन् ।