कञ्चनपुर– कञ्चनपुरको कृष्णपुरबाट सशस्त्र प्रहरी बलले गोलीसहित एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम लोकर्मागबाट सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल र गोली बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति आफूले बोकेको झोला फालेर भागेका थिए । उक्त झोला जाँच गर्दा कटुवा पेस्तोल र सोही पेस्तोलको एउटा गोली फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए ।
Facebook Comments Box