काठमाडौं– हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।
प्रदेश १ का एक/दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।