काठमाडौं: नेपाल प्रहरीका डीआईजी कुबेर कडायतलाई प्रहरी ब्याटन प्रदान गरिएको छ। प्रहरी दिवसको अवसरमा यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कडायतलाई प्रदान गरिएको हो।
६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन्।
एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेपछि उनी पुरस्कृत भएका हुन्।
त्यस्तै, अवकाशप्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
Facebook Comments Box