धनगढी: कैलालीमा साढे २० क्विन्टल अवैध चिनी बरामद गरिएको छ। बिहीबार कैलालीको हसुलिया र मुसरियाको सिमाना नजिक उक्त चिनी बरामद गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको अपराध अनुसन्धान समूह (पिआईटी) को टोलीले उक्त चिनीसहित गाडी नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै गाडी चालकसहित एक जना अर्का भने भागेको बताइएको छ।
अहिले उनीहरूको खोजतलास भैरहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box