दार्चुला– दार्चुलामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ।
जिल्लाका दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका भएको झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ ।
‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ।’
प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवरलगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ । प्रहरीका अनुसार घाइते बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
Facebook Comments Box