काठमाडौं: सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगाइएको छ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो। बालाजुस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा ल्याइएको हो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेकाले आइतबार (भोलि) मात्रै अदालतमा उपस्थित गराइने छ।
Facebook Comments Box