काठमाडौं– निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ ।
सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।
निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि लागू भइसकेको छ ।
Facebook Comments Box