धनगढी: कैलाली र कञ्चनपुरबाट चोरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरबाट लागूऔषध र वन मुद्दाका दुई तथस कैलालीबाट चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
मंगलबार लागूऔषध मुद्दामा दुई महिना कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बजारका ३० वर्षीय संजय थापा र वन सम्बन्धी कसुर मुद्दामा १७ दिन कैद सजाय र नौं हजार ५२८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका – ९ सिद्धनाथ टोलका २५ वर्षीय लोकेन्द्र चन्द पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा सात दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका – १३ कैलालीगाँउका २४ वर्षीय विक्रम राना पक्राउ परेका छन्।
Facebook Comments Box