धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्।
उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाइते भएका थिए। घाइते बिकलाई घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा पुगाइएको थियो।
उपचारको क्रममा बिहीबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box