धनगढीः सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको बिचमा छलफल भएको छ। भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा छलफल भएको हो।
छलफलमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डे, नम्बर ३५ गण कञ्चनपुरका गणपति खगेन्द्रबहादुर चन्द र भारतीय समकक्षी सीमा सुरक्षा बल एसएसबीका रानीपोखरी प्रमुख अमित कुमार छलफलमा सहभागी थिए।
सो छलफलमा दुई सुरक्षा निकायबीचको सम्बन्ध, सूचना आदानप्रदान, सीमा इलाकामा संयुक्त गस्ती, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप, अवैध रूपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने लगायतमा विषयमा छलफल भएको छ। क्रियाकलापहरू रोक्न सहज हुने अपेक्षा गरिएको छ। आपराधिक समूह तथा व्यक्तिहरूलाई पक्राउ गर्नसमेत सहज हुने संयुक्त बैठकको दाबी छ।