धनगढी: बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवाले स्वर्ण पदक जितेकी छन्।
मंगलबार बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५-० ले पराजित गरिन्।
तिरुवा सुदूरपश्चिमस्थित कञ्चनपुरको पुर्नबास नगरपालिकाकी स्थायी बसोबासी हुन्।
प्रतियोगितामा तेक्वान्दोतर्फ ब्राइट फ्यूचर मावि नैकापका उज्ज्वल वाग्लेले पनि स्वर्ण जितेका छन्।
Facebook Comments Box