धनगढी: कैलालीमा झन्डै २० लाख मूल्य पर्ने चोरीको ब्रेजा कार बरामद गरिएको छ।
गत २६ चैतमा भजनी नगरपालिका–५ लालबोझीमा प्रहरीले बा. प्र. ०१–०२६ च७९९४ नम्बर टासेको ब्रेजा कार शंकास्पद रुपमा फेला पारेको थियो।
यातायात कार्यालयमा बुझ्दा उक्त नम्बरको कारको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएको पाइएपछि कार चोरीको भएको पुष्टि भएको थियो। उक्त कारलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ।
Facebook Comments Box