सुर्खेत – उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।
Facebook Comments Box