काठमाडौं: नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। सहमति जुटेमा आजै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो।
स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्।
गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्।
यस्तै डीआइजीमा पनि बढुवा गर्ने विषयमा लगभग सहमति जुटिसकेको र आजै बढुवा निकाल्ने गरि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच छलफल चलिरहेको जनाइएको छ।
हाल दुई एआइजी र सात डिआइजी रिक्त छन्। जसमा बढुवाका लागि चर्को प्रतिस्पर्धा छ।