धनगढी: कञ्चनपुरमा प्रहरीले हालसम्मकै ठूलो जुवाखालमा छापा हानेर १३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार १३ जनालाई समातेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रविन्द्र केसीले जानकारी दिए।
उनका अनुसार भीमदत्त नगरपालिका वडा न.१ रौटेलाबाट उनीहरू समातिएका हुन्। उनीहरूबाट ४ लाख ७४ हजार ९८ रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ।
यस्तै आजै उता बेदकोट नगरपालिका-७ सुडाबाट पनि ४ जना जुवाडे समातिएका छन्। उनीहरूबाट २६ हजार २५० रुपैयाँ बरामद गरिएको छ।
Facebook Comments Box