कैलाली– कैलालीको धनगढी उपमहागनरपालिकाका एक मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा खटिएका मतदान अधिकत दिजराज भट्ट त्यसतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन् ।
भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियोसंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए । उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
उनलाई गम्भीर भएर भन्दा पनि उपचारमा सहज होस भन्नका लागि मात्रै काठमाडौं लगिएको हो । उनको खुट्टा र ढाडमा चोट लागेको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।
Facebook Comments Box