काठमाडौं– जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ ।
बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई साताको शनिबार र आइतबार गरि दुई दिने बिदा दिने निर्णय गरेको हो ।
यसअघि दिइदै आइएको शुक्रबारको आधा छुट्टीको व्यवस्था हटाउँदै शनिबार र आइतबार भने निजी र सार्वजनिक विद्यालय पूर्ण रुपमा बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
मन्त्रालयको बैठकले हिउँदे, वर्षे, स्थानीय वा पर्व बिदाहरुलाई कटौती गरेको छ । अब वर्षमा ३० दिन मात्रै बिदा दिहुने निर्णय गरेको छ ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरि ४५ दिन दिइने गरिएको थियो । यस्तै, स्थानीय पर्वका लागि ५ गरि सरकारले वर्षमा ५० दिन बिदा दिँदै आएको थियो ।
Facebook Comments Box