काठमाडौं: गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए पक्राउ परेका छन्।
गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीका २६ बर्षीय करनसिंह विष्टलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। उनले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिए।
साथै उनीमाथि कानुनी कारबाही पनि अघि बढिसकेको उनको भनाई छ।
Facebook Comments Box