काठमाडौं: नेपाल प्रहरीका २२९ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्।
यही मंसिर १७ गतेको प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा र पदस्थापन गरिएको हो।
बढुवा भएका प्रहरी सहायक निरीक्षकलाई प्रचलित नियमानुसार हाल पदस्थापन रहेको दरबन्दीमै तलब, भत्ता पाउने गरी नयाँ जिम्मेवारी प्रदान गरिएको छ।
प्रहरी हेडक्वार्टरले सम्बन्धित कार्यालयलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी दर्ज्यानी चिन्ह प्रदान गर्न पनि निर्देशन दिएको छ।
जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा
Facebook Comments Box