धनगढी: नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनको पराजित गरेको हो।
१८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउनसक्यो।
यसअिघ टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो।
ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए।
बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।
Facebook Comments Box