धनगढी: नेपाल पत्रकार महासंघको जारी निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
जसअनुसार कैलालीमा अध्यक्षमा नेपाल प्रेस युनियनका श्रवण देउवा अध्यक्ष बनेका छन् भने दार्चुलामा प्रेस चौतारी नेपालका राजेन्द्र धामी अध्यक्ष बनेका छन्।
यस्तै अन्य केही पदमा पनि सर्वसम्मत उम्मेदवार निर्वाचित भएका छन्। त्यसबाहेकका अवस्थामा भने भोलि देशभर मतदान हुँदैछ।
Facebook Comments Box