धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइएको छ। अवस्था सुधार हुँदै गएपछि बिहीवार उनलाई आइसियुबाट प्राइभेट वार्डमा सारिएको छ।
हमाललाई आज बिहीबार अस्पतालले नर्मल वार्डमा सारेको हो। हमाललाई शनिवारदेखि दिल्लीस्थित म्याक्स हस्पिटलको न्युरोइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार थालिएको थियो।
मेयर हमालको स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकले निगरानीमा राखेर उपचार गरिरहेका छन्। उनलाई ब्रेन अट्याक आएपछि दिल्ली लगिएको थियो।
Facebook Comments Box