काठमाडौं: नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार हुने दोस्रो खेलमा पोखराले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम पहिले ब्याटिङमा आएको हो।
पोखराको यो अन्तिम खेल हो। यसअघि नै पोखरा प्लेअफमा नपुग्ने निश्चिन भइसकेको छ। तर सदूरपश्चिम भने अझै पनि प्लेअफबाट बाहिरिने गणितइि सम्भावना बाँकी नै छ। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। दुवै खेल फराकिलो अन्तरमा पराजित भए बाहिरिने छ।
तर आजको खेल जितेमा सुदूरपश्चिम सिधै क्वालिफायरमा पुग्ने छ। अन्तिम खेलमा सोमबार कर्णाली र सुदूरपश्चिम भिड्दैछन्। उक्त खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरमा पराजित भएमा प्लेअफबाट कर्णाली बाहिरिने सम्भावना पनि बाँकी नै छ।
Facebook Comments Box