काठमाडौं: धादिङ घर भएर काठमाडौं बस्ने विवादित जानुका उर्फ शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको जानकारी दिए।
यस अगाडि उनले नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतसँग नाम जोडेर तथानाम गर्दै आएकी थिइन्। उनले बलात्कार मुद्दा समेत दायर गरेकोमा अदालतले बस्नेतलाई क्लिनचिट दिएको थियो।
अहिले फेरि शोभाले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन्।
यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो। उनलाई कतिपयले हनि ट्रयापरको उपनाम समेत दिएका छन्।