धनगढी: बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ।
मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
Facebook Comments Box