काठमाडौं: पछिल्लो समय नेपाल प्रहरीमा जागिर छोड्ने क्रम बढेको छ। काठमाडौंसहितका विभिन्न जिल्लामा कार्यरत प्रहरीले जागिर छोड्न थालेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ५०९ जना प्रहरी कर्मचारीले जागिर छाडेका हुन्।
साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले जानकारी दिए।
पछिल्लो समय न्यून सेवा सुविधा र महँगो बसाईका कारण काठमाडौंसहितका स्थानमा कार्यरत तल्लो दर्जाका सिपाहीहरुले जागिर छोड्न थालेको बताइन्छ।
यस्तै साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए।
Facebook Comments Box