धनगढी: सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुर सिंह थापाले बुढेसकालमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले आज शुक्रबार विवाह गरेका हुन्।
झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंसे भावना बिष्टसँग विवाह गरेका हुन्।
यस अगाडि उनी अविवाहित नै बसेका थिए। तर स्रोतका अनुसार पारिवारिक चाहनाका कारण बुढेसकालमा उनी विवाह बन्धनमा बाधिएका हुन्।
उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए। उनी कञ्चनपुर भीमदत्त नगरपालिका ६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।
