काठमाडौं: भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाको लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाईपछि नियुक्ति प्रक्रिया अघि बढेको हो।
Facebook Comments Box