धनगढी: नेपाल सरकारका गृहमन्त्रीसमेत रहेका रमेश लेखकको गृहजिल्लामा सिडिओ जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको हो।
उनलाई मन्त्रीको निर्देशनमा गृह मन्त्रालयमा तानिएको र मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको जनाइएको छ।
यस्तै सुदूरपश्चिमको अर्को जिल्ला दार्चुलाका यज्ञराज जोशीको पनि गृह मन्त्रालयमा सरुवा भएकोमा दार्चुलामा अनिल पौडेललाई सिडिओको जिम्मेवारी दिएर खटाइएको छ।
Facebook Comments Box