अछाम: अछामको साँफेबगर नगरपालिका–५ नोवाठानामा एकजनाको मृत्यु भएको छ। मासुको सानो हड्डी घाँटीमा अड्किएपछि एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा खसी काटेर मासु पकाइएको थियो। सोही मासु खाने क्रममा स्थानीय ४२ वर्षीय डम्मर बहादुर कुँवरको घाँटीमा मासुको सानो हड्डी अड्किएको थियो। हड्डी अड्किएलगत्तै उनी अचानक बेहोस भएका थिए।
उनलाई तत्कालै उपचारका लागि बयलपाटा लैजाने प्रयास गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box