धनगढी: दुर्घटनामा मृत्यु भएका जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सम्झनामा पुस १६ गते बाजुराको बडीमालिका नगरपालिकामा शोक बिदा दिइएको छ।
कैलालीको धनगढीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा बडीमालिका नगरपालिका–७ का खत्रीको मृत्यु भएको थियो।
उनी बडीमालिका नगरपालिकाकै मार्तडी स्वास्थ्य चौकीका प्रमुख थिए। बडीमालिका नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको जनाएको छ।
नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको निधनले नगरपालिका परिवार अत्यन्तै दुखी र स्तब्ध भएको उल्लेख गरेको छ।
Facebook Comments Box