बैतडी: बैतडीको सिगास गाउँपालिकास्थित न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७ः५४ बजे गएको हो।
भूकम्पको धक्का बैतडीसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार केही क्षणका लागि घरहरू हल्लिएका थिए। यद्यपि, हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोट लगायतका जिल्लाहरूमा भूकम्पका धक्का महसुस भइरहेका छन्। लगातार भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन्। विज्ञहरूले भूकम्पप्रति सचेत रहन र सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी गर्न सुझाव दिएका छन्।
Facebook Comments Box