धनगढी: धनगढीकाे सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाकाे मृत्युु भएकाेे छ।
लम्कीचुहा नगरपालिका- ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीकाे बुधबार मृत्युु भएकाे प्रहरीले जनाएकाे छ।
टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छाेरा) लाई जन्म दिएकी थिइन्। शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले बताए।
उनकाअनुसार शिशु भने सकुशल छन्। मृतककाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ।
Facebook Comments Box