डाेटी– डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ काे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शिखर नगरपालिकाकाे लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे जीप दुर्घटना भएकाे हाे । जीप बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ । यात्रु जीपकाे छतमा समेत कसेका बसेका थिए ।
घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएकाे बताइएकाे छ । अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न जिल्लाबाहिरबाट आएका थिए । घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका- ५ तिजालीका रहेका छन् । जीप सडकबाट १५ मिटर तल खसेकाे छ ।
Facebook Comments Box